कर्णाली

कर्णाली प्रदेशका प्रमुख र मुख्यमन्त्रीको यस्तो छ गणतन्त्र दिवसको शुभकामना

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १४ औं गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रदेश प्रमुख कलौनीले भन्नुभएको छ, “नेपालको संविधानले निर्देशित गरेको समाजवादउन्मुख स्वतन्त्र एवम् समृद्ध अर्थतन्त्र निर्माण र उपलब्ध प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गरी दिगो विकासका लक्ष्यहरु हासिल गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानमा सम्पूर्ण राजनीतिक दलहरू र आमजनता एकजुट भएर आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सफल हुने अपेक्षा गरेको छु ।”

उहाँले महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहित कोभिड–१९ विरुद्धको लडाइमा अग्रपङक्तिमा खटिएर काम गर्नेहरुप्रति उच्च सम्मान गर्दै सङ्क्रममणलाई फैलन नदिन सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड तथा निर्देशनको पालना गर्न सबैमा आह्वान गर्नुभएको छ । साथै यस अवसरमा गणतन्त्र स्थापनाको लागि विभिन्न कालखण्डमा भएका संघर्षमा आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य र शान्तिको शुभकामना व्यक्त गर्नुभएको छ ।

समृद्धिको अभिभारा पूरा गरोस्

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र दिवस–२०७८ ले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पूरा गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेशवासी एवं सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा बधाई तथा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पूरा हुने सकेमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’सहितको राष्ट्रिय आकाङ्क्षाले सार्थकता पाएर समाजवादी राज्य व्यवस्था स्थापनामा सहयोग पुग्ने बताउनुभएको हो । जननिर्वाचित संविधानसभाबाट आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना हुनुमा नेपाली जनताको दशकौँ लामो अवधिको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धि भएको उहाँको भनाइ छ ।

सन्देशमा मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेका ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न सङ्घर्षका क्रममा आफ्नो ज्यानको आहुति दिने महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र बेपत्ता, घाइते तथा अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु, गणतन्त्र स्थापनासँगै समावेशी÷समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता, सङ्घीयतालगायत महत्वपूर्ण राजनीतिक उपलब्धिहरु र संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गर्दछु ।”

कोभिड–१९ को गम्भीर सङ्कटसँग मुकाबिला गरी यस अवस्थाको अन्त्य गर्न प्रदेश सरकार पनि सम्पूर्ण साधनस्रोत तथा संयन्त्रको परिचालनसहित लागिरहेको जनाउँदैै उहाँले नागरिकको जीवनरक्षाका लागि कर्णाली सरकारले आवश्यक नीति, बजेट, स्वास्थ्य सामग्री, जनशक्ति लगायतको यथोचित व्यवस्थापनमा ध्यान केन्द्रित गरेको बताउनुभयो । त्यसका निम्ति आगामी आवको नीति तथा कार्यक्रम र बजेटलाई समेत कोभिड प्रतिकार्यमा केन्द्रित गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

कोरोना महामारीबाट सिर्जित परिस्थितिबाट निराश नहुन तथा धैर्य गर्न आग्रह गर्नुभएका मुख्यमन्त्री शाहीले यसको नियन्त्रण गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले गरिरहेका प्रयासमा सहयोग पु¥याउन, सरकारको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञाको पूर्ण पालना गर्न आम जनसमुदायलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.