जन सरोकार

दैलेखका एक व्यक्तिको क्वारेन्टाइनमा मृत्यु- स्वाब परीक्षणका लागि जुम्लामा पठाइयो

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका एक व्यक्तिको मृत्यु भएको छ । मृतकको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ ।

दश दिन अगाडि भारतबाट फर्किएर दुल्लुस्थित विद्युत अफिसमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष रहेको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभएको छ ।

नगरप्रमुख भण्डारीका अनुसार शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो । चिया खाइसकेपछि हिँडिरहेका बेला एक्कासी ढलका उनको त्यसको १० मिनेटमै मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार शनिबार साँझसम्म उनको रिपोर्ट आउने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.