स्वास्थ्य

चारहजार सात सय ६२ संक्रमित, एक सय १४ को मृत्यु, छहजार चारसय ९१ जना संक्रमणमुक्त

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने मृत्यु हुनेको सख्ंया क्रमशः ओरालो लाग्दै गएको छ । सोमबार पछिल्लो २४ घण्टामा थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसै गरी २४ घण्टामा ६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । त्यसै गरी १ सय १४ जनाको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ जनाको पीसीआर परीक्षणमा ४ हजार १ सय ७८ जना र २ हजार ४ सय २५ एन्टिजेन परीक्षणमा ५ सय ८४ जना गरी ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारको तथ्यांकपछि नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.