राजनीति

कांग्रेस सांसदले दर्ता गरे संविधान संशोधनको गैरसरकारी विधेयक

सरकारले नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचीमा कायम गर्न संसदमा पेश गरेको संविधान संशोधन विधेयकसंगै प्रमुख विपक्षी नेपाली कांग्रेसका ८ सांसदले अर्को विषयमा संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

कांग्रेस सासद प्रदीप गिरीसहितका सांसदले प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने प्रस्ताव छन् । संशोधन दर्ता गराएपछि अमरेशकुमार सिंहले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार नै विधेयक दर्ता गरेको बताउनुभयो ।

गैरसकारी विधेयकका रुपमा दर्ता गराएको संशोधन विधेयक प्रदीप गिरी, चित्रलेखा यादव, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्य्मनारायण चौधरीले मंगलबार दर्ता गरेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.