कला/मनोरन्जनकलिउड

भुवन केसीको नेतृत्व पाउला त चलचित्र विकास बोर्डले

चार दशकदेखि नेपाली चलचित्र अभिनय, निर्माण र निर्देशनमा सक्रिय अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीको नाम चलचित्र विकास बोर्डको अध्यक्षका लागि सिफारिश भएको छ ।



गत चुनावमा तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसदमा सूचीकृत समेत भएका नायक केसीसंगै निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम अध्यक्षका लागि सिफारिश भएको छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा अध्यक्षका लागि १० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ ।

मंसिरको २९ गते चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ । समितिले सिफारिस गरेका तीन जना व्यक्तिहरु नै बोर्ड अध्यक्षका लागि बलियो प्रतिस्पर्धी मानिएका छन् ।

सम्बन्धित खबर

Back to top button