बुधबार एक संक्रमितको मृत्यु, दुई सय एकजनामा संक्रमणको पुष्टि, संख्या पुग्यो २३००
नेपालमा कोरोना भाइरस संक्रमणबाट बुधबार त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको छ भने २ सय १ जना नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय पुरुष हुन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।
थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना, ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरङ र झापाका २/२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।
त्यसै गरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८, प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको हो ।
यस्तै मुलकभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५५ हजार ८६८ रहेको छ । २४ घण्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । हालसम्म निको भएर घर फर्केनहरुको संख्या २ सय ७८ पुगेको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८० हजार २ सय ६७ परीक्षणहरु गरिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्