राजनीति

सम्पूर्ण नेपालीलाई स्वस्थ, सुरक्षित र सचेत रहन आव्हान (भिडियो)

आफूहरुको स्वास्थ्य सुधारोन्मुख भए पनि जनताको स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त

पूर्व राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीलाई कोरोना भाइरस संक्रमणको यो महामारीको लहर अझै जारी रहेकाले स्वस्थ रहन सुरक्षितत र सचेत रहन आव्हान गर्नुभएको छ ।

कोरोना संक्रमणपछि नर्भिक अस्पतालमा उपचार गरी निवास फर्कनुभएका उहाँले बिहिबार एक भिडियो सन्देशमार्फत सो अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभएको छ- “देशभित्र र बाहिर महामारीको अभियान जारी रहेको र यसको नियन्त्रणका लागि भित्र र बाहिरी सबै सहयोग आवश्यक पर्दछ भन्दै उहाँले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछु ।”



रानी कोमलसहित उपस्थित हुनुभएका पूर्व राजाले कोरोना संक्रमणबाट आफूहरु अहिले स्वास्थलाभ गरिरहेको र क्रमशः सुधार भैरहेको बताउँदै कोरोना महामारीको समयमा अग्रपंक्रिमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले महामारीको यो समयमा आफूहरु संक्रमित भएपछि व्यक्त गरिएको शुभेच्छाप्रति आभार व्यक्त गर्दै कोरोना संक्रमित भएर बिरामी भएकाहरुको शीघ्र स्वास्थ्यलाभ तथा दिवंगत परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button