प्रबास
साउदीबाट कैलाशको उद्धार
साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी बुधबार स्वदेश फर्काइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा नै सम्झौताअनुसारको तलब र सेवासुविधा नपाई कठिनाइ भोगिरहेका राहदानी वाहक कैलाशलाई उद्धार गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा शिवन्तराज अधिकारी नामक खातामार्फत कैलाशको दयनीय अवस्था, सुरक्षित आवासको अभाव र श्रम शोषणसम्बन्धी गुनासो सार्वजनिक भएको थियो । हाल कैलाशलाई आवश्यक परामर्श, सहयोग र संरक्षणमा राखिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार कैलाश अधिकारी नेपाल फर्किएलगत्तै घटनाको विस्तृत छानविन भइरहेको बताइएको छ ।




प्रतिक्रिया राख्नुहोस्