गण्डकीप्रदेश

थापाद्वारा पद कायम राख्न माग गर्दै रीट दर्ता

आफूले चढ्दै आएको ग१झ ३७१ नम्बरको स्करपियो जिप फिर्ता

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेपछि पार्टीको कारबाहीमा परी पदमुक्त हुनुभएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले आफूले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

थापाले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा दर्ता गर्नुभएको हो ।

राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराउनुभएको थियो ।

यसैबीच थापाले आफू चढ्दै आएको गाडी फिर्ता गर्नुभएको छ । प्रदेश मामिला समितिका सभापतिसमेत रहनुभएका उहाँले शुक्रबार प्रदेशसभा सचिवालयमा आफूले चढ्दै आएको ग१झ ३७१ नम्बरको स्करपियो जिप फिर्ता गर्नुभएको हो ।

कांग्रेसको सरकार नबन्दा जनमोर्चाका सांसदको पद गुम्नु इतिहासको मजाक : थापा

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.