जन सरोकार

रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पामा बिहीबार बिहान भएको जिप दुर्घटनामा परी दाङका तीन जनाको मृत्य भएको छ । जिल्लाको माडी गाउँपालिका-२ घर्तीगाउँ व्याङखोलामा अस्थायी नम्बर प्लेटको एमएच १४ टिसिजे ४७१ नम्बरको जिप दुर्घटना हुँदा दाङका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ बेसाहीका अन्दाजी २५ वर्षीय जिप चालक वीरबहादुर चौधरी, दङ्गीशरण गाउँपालिका-७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका-१४ बस्ने अन्दाजी ४० वर्षका जिउधन चौधरी र उहाँकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा निर्माण सामग्री बोकेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.