जल/वातावरण

सुर्खेतमा क्यारेन्टिनबाट घर फर्केका युवकको मृत्यु कोरोनाबाट- मृतकको संख्या ११ पुग्यो

बिहिबार राति क्यारिन्टिननबाट घर फर्किएलगत्तै मृत्यु भएका सुर्खेतका पुरुषमा कारोना संक्रमण भएको पुष्टि भएको छ । भारतबाट फर्किएर पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भए पनि आधिकारिक रुपमा यसको पुष्टि भने हुन बाँकी छ ।

उनको मृत्युअघि देखिएको लक्षण कोरोना संक्रमणको थियो । प्रत्यक्षदर्शीका अनुसार उनको घरनजिकै बनाइएको होम क्वारेन्टिनमा बसेका उनको १५ मिनेट जति घाँटी घ्यारघ्यार भएको र त्यसपछि मृत्यु भएको थियो ।

आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्युपछि गरिएको स्वाब परीक्षणको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गर्नुभएको छ ।

क्वारेन्टाइनबाट घर गएका युवकको घाँटी घ्यारघ्यार भएको १५ मिनेटमै मृत्यु

यही जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।

मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको वडाध्यक्ष धनबहादुर थापाले बताउनुभयो ।

योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहिबार मात्रै पाल्पाका एक पुरुषको पनि कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो । नेपालमा अहिलेसम्म मृत्युपछि मात्र कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.