राजनीति
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छ : नेता आङदेम्बे
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभएको छ ।
विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्रदूषणले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको छ, भन्नुभयो ।
स्वच्छ, हराभरा र दिगो वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै उहाँले वातावरण संरक्षण केवल प्रकृतिप्रतिको दायित्व मात्र नभई वर्तमान र भावी पुस्ताप्रतिको साझा जिम्मेवारी हो भन्नुभयो ।
नेपाल प्राकृतिक सम्पदाले धनी देश हो । हिमाल, पहाड, तराई, नदी, वन र जैविक विविधताको संरक्षण गर्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो ।




प्रतिक्रिया राख्नुहोस्