जल/वातावरण

रोकिएन क्वारेन्टिनमा मृत्यु : बाजुरामा ६५ वर्षीय एक पुरुषको मृत्यु

क्वारेन्टिनमा बसेकाको मृत्यु हुने क्रम रोकिएको छैन । यस क्रममा बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

१५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो । उहाँ दमको बिरामी रहेको र शुक्रबार साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएको वडाध्यक्ष रावतले बताउनुभयो ।

मृतकका कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।

यसै गरी भारतबाट करिब दुई साता अघि माडी आएका एक ब्यक्तिको भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचारका क्रममा निधन धएको छ । ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भर्ना गरिएको र उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.