प्रदेशसुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । सुदूरपश्चिममा नेकपा (एमाले)को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो ।

प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।
आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले सोमबार विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्