अर्थ

आइतबार खुलेको सुनचाँदी बजार : छापावाल सुनको मूल्य प्रति तोला ८७ हजार

लामो समयपछि नेपाली बजारमा सुनचाँदीको कारोवार शुरु भएको छ । बन्दा बन्दी (लकडाउन) शुरु भएपछि गत चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार आइतबारदेखि शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लकडाउनको अवधिमा सुनचाँदीको दरभाउसमेत स्थगित हुँदै आएको थियो । सरकारले लकडाउनको ढाँचामा परिवर्तन गर्ने प्रक्रिया शुरु गरेको र सोही बमोजिम सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उद्योग वाणिज्य सङ्घको सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । सोही अनुसार महासङ्घले सुनचाँदी व्यवसाय पनि आंशिक रूपमा सञ्चालनमा ल्याउने उल्लेख गरेको छ ।

सोही अनुसार बजारमा छापावाल सुनको मूल्य तोलाको रु ८७ हजार ४०० तय गरिएको थियो । यस्तै तेजावी सुनको मूल्य रु ८६ हजार ९६० तोकिएको र सोही अनुसार सामान्य कारोवार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भए पनि स्थानीय बजारमा पनि सोही अनुसार वृद्धि भएको हो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला रु ७७ हजारमा कारोवार भएको थियो । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९२५ तोकेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.