अर्थ

प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

सरकारले आर्थिक वर्ष २०७८।०७९ को बजेटमा युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अर्थमन्त्री विष्णु पौडेलसमक्ष मंगलबार एक ज्ञापनपत्र बुझाउँदै सो माग गरिएको हो । अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गर्नुभएको हो ।



मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारीरूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button