जापान

जापानमा प्रचण्ड गर्मी : घातक हुनसक्ने चेतावनी

जापानमा प्रचण्ड गर्मीको चेतावनी दिइएको छ । उत्तरी राज्य होक्कायदोदेखि दक्षिणपश्चिम क्यूशु टापुसम्म पूरै देशभरको तापक्रम बढ्दै गएको र यो निकै घातक हुने चेतावनी दिइएको छ ।

समाचार अनुसार बुधबार फुकुओकाको कुरुमे शहरको तापक्रम ३५.२ डिग्री सेल्सियल पुगेको छ । यो जापानमा यस वर्षको ३५ डिग्रीमाथिको तापक्रम पुगेको पहिलोपटक हो ।

मौसम विज्ञापन एजेन्सीका अनुसार बुधबार जापानी समय अनुसार दिउँसो २ बजेसम्म ओइता राज्यको हिता शहरमा तापक्रम ३४.७, एहिमेको ओजु शहरमा ३४.१, गुम्माको ताकासाकीमा ३२.३, गिफुमा ३२.१ र क्योटोमा ३१.६ डिग्री सेल्सिय पुगेको छ ।

एजेन्सीका अनुसार बिहिबार पनि तापक्रम उच्च रहेर अधिक गर्मी हुने सम्भावना रहेकाले भएकाले यसबाट बच्न आवश्यक रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.