एन आर एन न्युजजापान

एनआरएनए जापानका अध्यक्ष भण्डारीमाथि राजिनामा गर्न बहुमत सदस्यको माग

आईसीसी अध्यक्ष पन्तलाई जापानका कार्यसमिति सदस्यद्वारा अन्यौल अन्त्यगर्न माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका  देवीलाल भण्डारीमाथि केही समययता विभिन्न संचारमाध्यममहरुमा आएका आरोपका समाचारहरुको निष्पक्ष छानबिन गर्न केन्द्रीय अध्यक्ष कुमार पन्तसंग माग गरिएको छ ।

एनआरएनए जापानका कार्यसमितिका उपाध्यक्ष लगायत  २३ जना पदाधिकारीहरुले एक संयुक्त विज्ञप्ति जारी गरी अध्यक्ष भण्डारीमाथि लागेका आरोपहरुको खण्डन गर्न पटकपटक आव्हान गर्दा पनि अटेर गरेको र केही दिन पहिले गरिएको पत्रकार सम्मेलनमा आरोप खारेज हुने कुनै प्रमाण पेश गर्न नकेको भन्दै निष्पक्ष छानबिनको माग गरिएको हो ।

जापानस्थितत नेपाली राजदूत प्रतिभा राणा लगायतलाई बोधार्थ गरिएको निवेदनमा अध्यक्ष भण्डारीमाथि विभिन्न आरोपहरु लागेकाले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न राजीनामा गरी सहयोग गर्न आग्रह समेत गरिएको छ ।

हेर्नुहोस् निवेदन

NRNA-JAPAN-छानबिन-गरि-पाऊ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.