राजनीति

आदित्यनाथले नेपाललाई धम्की दिएका हुन् भने सैह्य हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाललाई धम्की दिएको हो भने त्यो सैह्य नहुने बताउनुभएको छ । बुधबार संसदमा सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबिरुद्ध बोकेलेको कुरा साँचो हो भने त्यो आलोच्य र असैह्य विषय भएको बताउनुभएको हो ।

केही दिनअघि आदित्यनाथले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्मिलिन नक्सा जारी गरेपछि गत बुधबार मुख्यमन्त्री आदित्यनाथले लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो सीमाबारे निर्णय गर्नुपर्ने बताउँदै नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नुहुँदैन भनेका थिए ।

आदित्यनाथले नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ । विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ भन्दै तिब्बल चीनमा विलयको घटना नेपालमा हुनसक्ने धम्की दिएका थिए ।

प्रधानमन्त्री ओलीले संसदमा आदित्यनाथ एउटा प्रदेशको मुख्यमन्त्री मात्र रहेका र केन्द्रीय सरकारमा उनको कुनै भूमिका नभएकाले धेरै टिप्पणी गर्न आवश्यक नभए पनि उनले नेपाललाई धम्की नै दिएका भए हामी त्यसको कडा प्रतिवाद गर्ने र नेपालीलाई त्यो सैह्य नहुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.