कोरोना महामारीपछिको आर्थिक पुनर्वहालीका लागि विश्व बैंकको ५४ अर्ब ऋण
कोरोना भाइरस महामारीपछिको सीमापार व्यापारमार्फत आर्थिक स्थिति पुनर्वहालीको मार्गनिर्धारण तथा महिलालाई रोजगारीको अवसर प्रदान गर्न विश्व बैंकले नेपाललाई ५४ अर्ब रुपैयाँ ऋण स्वरुप प्रदान गर्ने भएको छ ।
बैंकले बिहिबार स्वीकृत गरेको ऋणमा सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीका लागि मार्गनिर्धारण गर्न तथा विशेष गरी महिलालाई रोजगारीका अवसर प्रदान गर्ने परियोजनाका उक्त रकम प्रदान गर्ने भएको हो ।
बैंकको स्वीकृत ऋणबाठ नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डको सुधार तथा कमला–ढल्केवर–पथलैया सडकको स्तरोन्नतिका निम्ति स्वीकृत रकमबाट नेपाल रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजनाका साथै क्षेत्रीय सडक सम्पर्क बढ्ने विश्वास बैङ्कले व्यक्त गरेको छ ।
रणनीतिक सडक सम्पर्क तथा व्यापार सुधार परियोजना भारत र अन्य मुलुकसँगको सम्पर्क तथा व्यापार बढाउन महत्वपूर्ण हुने, परियोजनाले सीमा नाकामा व्यापार अनुकूल भौतिक पूर्वाधार तथा अवरोधरहित कृषि उपजको निर्यातमा टेवा पुग्ने बैङ्कले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।





प्रतिक्रिया राख्नुहोस्