जन सरोकार

शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ, किस्ट अस्पतालमा उपचार हुँदै

छातीमा संक्रमण र मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी भएपछि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

जेठ २६ गते अस्पताल भर्ना हुनुभएका जोशीको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ । निमोनिया देखिए पनि उहाँमा कोरोना संक्रमण भने देखिएको छैन ।

हाल जोशीको स्वासप्रश्वासको स्थिति र मुटुको चाल स्थिर रहेको रअरु केही दिन उहाँलाई अस्पतालमै राखी उपचार जारी राखिने अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

१०२ वर्षीय जोशीको उपचारका लागि छाती रोग विशेषज्ञ प्रा. डा. मीलेश जंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली संलग्न रहेको किस्ट अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.