क्रिकेटखेल

वर्षा वाधक बनेको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला अन्तर्गत वर्षा वाधक बनेको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ओमानसँग डकवर्थ लुईस नियम अनुसार १ सय २ रनले पराजित भएको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनायो । ओमानको लागि कप्तान जतिन्दर सिंह ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शतकीय पारी खेले भने जितेन रामानन्दीले ४३ रन बनाए ।

त्यस्तै आर्यन विष्टले ३५ रन जोड्दा हमाद मिर्जाले ३०, विनायक शुक्लाआशिष ओडेदराले समान २३-२३ रन बनाए । नेपालको लागि सोमपाल कामीले चार विकेट लिए भने सन्दीप लामिछाने,र दीपेन्द्रसिंह ऐरीको भागमा समान दुई-दुई विकेट रह्यो । ओमानले दिएको ३०६ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३६ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनाएपछि वर्षाका कारण रोकिएको थिए ।

त्यसपछि निरन्तर वर्षा भएपछि खेलको निर्णय डकवर्थ लुईसको आधारमा गरिएको थियो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६० रनको अर्धशतकीय पारी खेले भने भिम सार्कीले २८ रन बनाए । यस्तै आशिफ शेखले १९ रन जोड्दा आरिफ शेख र गुलसन झाले समन १४-१४ रन तथा कप्तान रोहित पौडेलले १० रन बनाए ।

ओमानको लागि नदीम खानले तीन विकेट लिए भने शकिल अहमदले दुई विकेट लिँदा मुहम्मद इमरान र वासील अलिको भागमा समान एक-एक विकेट रह्यो । सिरिजमा नेपाल, यूएई र ओमानको सहभागिता रहेको छ । जारी सिरिजमा दुवै टोलीले दुई खेल्दा समान एक-एक जित हासिल गरेका छन् ।

गत शनिबार भएको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो भने सोमबार भएको खेलमा ओमान यूएईसँग २५ रनले पराजित भएको थियो । यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । अब मे १ मा नेपाल र युएईले, मे ३ मा ओमान र युएईले तथा मे ५ मा नेपाल र ओमानले खेल्ने तालिका रहेको छ ।

नेपाल २२ खेलमा ६ जित, १४ हार र २ खेलको नतिजाविहिन हुँदा १४ अंक जोड्दै सातौं स्थानमा छ भने २६ खेल खेलेको ओमान भने १४ जित, ९ हार र ३ खेलको नतिजा नआउँदा ३१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

बुधबारको खेलमा नेपालको प्लेइङ ११ मा रोहित पौडेल(कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, दिपेन्द्रसिह ऎरी, सोमपाल काम , गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र बसिर अहमद रहेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.