राजनीति

सीमा अतिक्रमणमा भारतको पुरानै अडान : वार्ता कोरोना महामारीपछि मात्रै

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव

नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा गाभेपछि त्यसको बिरोध गर्दै नेपालले पटकपटक वार्ताका लात्याउँदै आएको भारतले पछिल्लो समय उत्पन्न समस्या समाधानका लागि पनि खासै चासो दिएको छैन । नेपालले भारतले कब्जा गरेका ती भूमि समेटेर आफ्नो नक्सा जारी गरेपछि चर्किएको विवाद सुल्झाउन भारत अझै तयार नभएको देखिएको छ ।

नेपालले आफ्नो नयाँ नक्सा संविधानकृत गर्न संविधान संशोधनको अन्तिम तयारी गरिरहेका बेला भारतले कोभिड–१९ पछि नेपालसँगको सीमा विवाद दुईपक्षीय वार्ताबाट निकास निकाल्ने पुरानै अडान दोहोर्याएको छ ।

बिहिबार भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमाको विषयलाई लिएर भारत–नेपालबीच देखिएको पछिल्लो तनाव कुन अवस्थामा छ भन्ने जिज्ञासामा श्रीवास्तवले यस विषयमा भारतको धारणा पहिले नै सार्वजनिक गरिसकेको बताउँदै वार्ताबाटै निकास निस्कने बताउनुभएको हो ।

गत कात्तिकमा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसम्मको भूभागलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा पारेपछि नेपाल–भारतबीच दुईपक्षीय वार्ता गर्ने विषय उठे पनि अझै त्यसले सार्थकता पाएको छैन । गत कात्तिकमा राजनीतिक नक्सा र गत वैशाख अन्तिम साता नेपाली भूभागमै सडक निर्माण गर्दै त्यसको उद्घाटन गरेपछि नेपालले पनि त्यस क्षेत्रलाई समेटेर राजनीतिक र प्रशासनिक नक्सा जेठ पहिलो साता जारी गरेको थियो ।

उक्त नक्सा जारीसँगै ती भूभाग दुवै मुलुकको राजनीतिक नक्सामा परेका छन्। तर १८१६ को सुगौली सन्धिअनुरूप त्यो क्षेत्र नेपालको पुष्टि भएको भनिए पनि भारतले आफ्नै भूभाग भन्दै दाबी गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.