“विगतमा तपाईहरुले खनेको लम्पसारवादको बाटोमा वर्तमान सरकार पनि हिंड्यो”
शनिबार पाँच पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमम दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले एक विज्ञप्ति जारी गरी देशमा बाहिरी हस्तक्षेप नहोस् भन्दै सबैलाई सचेत रहन आव्हान गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ट्वीट गर्दै विदेशी हस्तक्षेप नहोस् भन्ने धारणाको खुला समर्थन गर्छु भन्दै लामो प्रश्न पनि खडा गर्नुभएको छ ।

डा. लोहनीले नेपालको राजनीतिमा बाहिरी चलखेल हुन नापवोस भन्ने भूपू पाँच प्रधानमन्त्रीहरुको भनाइको राष्ट्रिय स्वाभिमानको दृष्टिकोण भएकाले आफूले खुला समर्थन गर्ने बताउँदै “विगतमा विदेशमा गएर विदेशीको साथ, समर्थन लिएर नेपालको राजनीतिमा विदेशी चलखेल किन स्वागत गर्नु भयो भने? किन विदेशीहरुको प्यादा बन्नु भयो” भन्ने प्रश्न गर्नुभएको छ ।
डा. लोहनीले यो कुरा आफूले आरोपका लागि आरोप मात्र लगाएको नभै “विदेशी राजनेताहरुले आफ्ना किताबमा समेत प्रष्ट गरेका छन् भन्दै यसमा भुल भयो भनेर नेपाली जनातासंग के माफी माग्नु पर्दैन ?” भनेर प्रश्न उठाउनुभएको छ ।
उहाँले पाँच पूर्व प्रधानमन्त्रीहरुले विदेशीसंग मिलेर विगतमा हुलेको लम्पसारवादको बाटोमा वर्तमान सरकार पनि लागेको बताउनुभएको छ ।
शनिबार पाँच प्रधानमन्त्रीहरुले संयुक्त विज्ञप्ति जारी गरी नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहेको उल्लेख गर्नुभएको थियो
संयुक्त विज्ञप्तिमा भनिएको छ “प्रधानमन्त्रीका क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला सरकारले घाटा बजेट पूर्ति गर्ने निहँुमा देशका विभिन्न भागबाट ढुङ्गा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने कार्यक्रम ल्याउनु राष्ट्रहित र जनविरोधी छ ।”
प्रतिक्रिया राख्नुहोस्