जन सरोकार

ढकालबारी पहिरो – आठजनाको शव फेला, एकजना अझै वेपत्ता

शनिबार राति पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । घरभन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएकामा ८ जनाको शव फेला परेको हो ।

मृत्यु हुनेहरुमा ६० वर्षीय तुलबहादुर थापा, ५८ वर्षीया निमुकुमारी थापा, ३१ वर्षीया कृपा थापा, १५ वर्षीय विवेक थापा, १२ वर्षीय सुनिल थापा र ८ वर्षीया बेबिशा थापा, २८ वर्षीया कमला विक र १२ वर्षीय जेनिस विक रहेका छन् । पहिरोमा जेनिसा विक हराइरहेकी छिन् ।

बेपत्ताहरुको खोजी कार्यका लागि बिहान ६ बजेदेखि नै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको थियो । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी नायब उपरीक्षक अधिकारी, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली पनि उद्धारका लागि घटनास्थलमै पुगेको छ ।

शनिबार लामो समय मुसलधारे वर्षाका कारण बस्तीमा पहिरो खसेको हो । मनसुन सुरु भएकै दिन पर्वतको दुर्लुङमा मात्रै यति ठुलो वर्षा भएको र घरदेखि करिब चार सय मिटर माथिको पहरे रानीवन सामुदायिक वनबाट खसेको पहिरो घरदेखि करिब ३० मिटर टाढाको सडक छिचोलेर घरमाथि परेको हो । शनिबार परिवारका सबैजना सुतेका कारण यति ठुलो मानविय क्षति भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.