लकडाउन खुकुलो भए पनि काठमाडौं आउन र जानमा व्यापक कडाई

असार १ गतेदेखि लागू हुने गरी सरकारले लकडाउन खुकुलो पार्दै व्यवसाय तथा निजी सवारीसाधन आवतजावत खुला गरे पनि राजधानी काठमाडौं उपत्यका प्रवेशका लागि भने निकै कडाई गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी काठमाडौं उपत्यका बाहिर रहेकाहरु घर फर्किन चाहेमा त्यसका लागि काठमाडौंमा आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको छ ।
आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको निर्णयअनुसार काठमाडौं बाहिर रहेका घर फर्कनका लागि आफू बसोबास गर्ने नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले सो अनुमतिपत्र सहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ ।
त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्