जल/वातावरण

कोरोना परीक्षणको खर्च सरकारले व्यहोर्ने, बाहिरबाट आउनेलाई परीक्षण गर्न दवाव दिन पाइँदैन

कोरोना परीक्षणको दायरा बढाउन सरकारले निजी क्षेत्रलाई अनुमति दिएपछि यसको खर्चलाई लिएर उत्पन्न आक्रोश साम्य भएको छ । सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई दिने र परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

आइतबार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर टेस्टका लागि सङ्कलित नमूना आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिएका निजी प्रयोगशालालाई पनि जाँच्न दिइने व्यवस्था गरिएको र त्यसको खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभएको हो ।

त्यस्तै, विदेश जानको लागि आवश्यक पर्ने भिसाको लागि निरोगिता प्रमाणपत्रको लागि लिइने नमुना परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालका ल्याबमा गरिने उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रवत्ता गौतमले स्वास्थ्य मन्त्रालयको निर्देशिकामा यात्रा गरेर आउन र गरेपछि परीक्षण गर्नुपर्छ भन्ने नभएको बताउनुहुँदै कोही कसैको परीक्षण नगर्न, नगराउन सम्बद्ध सङ्घसंस्था र स्थानीय निकाय, घरपेटीहरूमा आग्रह गर्दै उहाँले स्वास्थ्य सामग्रीको उचित समयमा मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुहुँदै सकेसम्म घरबाहिर नआउन र यात्रा नगर्न आग्रह गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.