राजनीति

संविधान संशोधानका दिन अनुपस्थित चार सांसदसंग नेकपाले लियो प्रष्टिकरण

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा संविधानमा सूचीकृत गर्न संविधान संशोधन प्रस्तावमाथि भएको मतदानमा अनुपस्थित रहने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार सासदलाई पार्टीले स्पष्टिकरण सोधेको छ ।

जेठ ३१ गते भएको मतदानमा नेकपाका चार जना सांसद हरिबोल गजुरेल, गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डल अनुपस्थित हुनुहुन्थ्यो ।

यी सांसदहरूलाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ,–‘जेठ ३१ को प्रतिनिधि सभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्वीप जारी गरेकोमा उक्त दिन तपाईं प्रतिनिधि सभाको बैठकमा बिना पूर्वसूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रकृयामा नै सहभागी नरहनुभएको देखियो ।

अतः दलको विधान, दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनु भएको हो ? पत्र प्राप्त भएको मितिले पाँच दिनपभित्र दलको कार्यालयमा उपस्थित भइ लिखित स्पष्टिकरण दिनुहुन निर्देशन गरिन्छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.