राजनीति

‘इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिन्छ’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ रहेको दोहोर्‍याउँदै इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले इतिहासदेखि थाँती रहेका विषयको निरुपण वार्ताबाटै हुने नेपालको मान्यता रहेको र इच्छाशक्ति भएमा महामारी त्यसको बाधक नहुने यथार्थलाई भारतले आत्मसात् गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । यद्यपि उहाँले भारतको नाम उच्चारण भने गर्नुभएन ।

मन्त्री ज्ञवालीले नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक मानचित्रमा समेटिएका भूभागमाथि नेपालको भोगचलन कायम गर्न सरकार दृढतापूर्वक अघि बढेको उल्लेख गर्दै त्यसनिम्ति कूटनीतिक प्रयासलाई अझ प्रभावकारी तुल्याइने बताउनुभयो । “हामी सत्यको पक्षमा छौँ र इतिहासले दिएको दायित्व पूरा गर्न प्रतिबद्ध छौ,” उहाँले भन्नुभयो, “ऐतिहासिक सन्धि–सम्झौता, प्रमाण र तथ्यले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको पुष्टि हुन्छ ।”

मन्त्री ज्ञवालीले भारत र चीनसँग सुमधुर मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको घोषित नीति रहेको बताउँदै उनीहरूका सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध कायम गर्ने नीतिबाट नेपाल अविचलित रहेको स्पष्ट गर्नुभयो । मन्त्रालयले सम्पादन गर्ने कामको प्रकृतिअनुसार चालू खर्च अधिक र पूँजीगत खर्च कम भएको स्पष्ट गर्दै उहाँले ‘पब्लिक डिप्लोमेसी’ प्रवद्र्धन गर्ने योजनामा मन्त्रालय रहेको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले आन्तरिक नीति र बाह्य परिस्थितिबीच तालमेल मिलाउँदै सञ्चालन गर्नुपर्ने परराष्ट्र नीति संवेदनशील विषय भएको यथार्थलाई मनन गर्दै राष्ट्रको एकल आवाज र ऐक्यबद्धतालाई प्रतिविम्बित गर्न राज्यद्वारा स्थापित संयन्त्रमार्फत त्यसो गर्दै आएको बताउनुभयो । स्थापित र मान्य अन्तरराष्ट्रिय प्रचलनअनुरुप सम्बद्ध सबै पक्षले कूटनीतिक आचारसंहिताको निष्ठापूर्ण पालना गर्न तथा परराष्ट्र मामिला र कूटनीतिक विषयमा सार्वजनिकरुपमा विचार र धारणा व्यक्त गर्दा सोहीअनुरुपको संवेदनशीलतालाई आत्मसात गर्न उहाँले अनुरोध गर्नुभयो ।

मन्त्री ज्ञवालीले आफ्नो मन्त्रालयले नेपालको परराष्ट्र नीतिको तर्जुमा र कार्यान्वयन बाह्य विश्व तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाहरुसँग द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्ध विस्तार, कूटनीतिको माध्यमबाट नेपालको राष्ट्रियहित प्रवद्र्धन, अन्तररष्ट्रिय जगत्मा नेपालको उज्यालो छवि निर्माण, आर्थिक तथा विकास कूटनीति सञ्चालन गरी देश विकासमा सहयोग पु‍¥याउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.