जन सरोकार

बाघसंग भीडन्त : दुईजना घाइते, बाघको मृत्यु

कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् । त्यसै गरी स्थानीयले प्रतिकार गर्दा बाघको घटनास्थलमै मृत्युभएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

समाचार अनसार जिल्लाको रूपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएका छन् ।

तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

यसै गरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मीलन गुरुङसमेत टाउकामा चोट लागेर घाइते भएको र दुवैको भिरचोक स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासीको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.