खेलफूटबल

विश्वकप फुटबलमा स्विट्जरल्यान्डको पहिलो जित, बोस्निया एन्ड हर्जगोभिना ४–१ ले पराजित

स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा पहिलो जित हात पारेको छ । बिहीबार राति भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित हात पारेको हो ।

अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको एकतर्फी खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई, रुबेन वर्गास र ग्रानिट जाकाले समान एक-एक गोल गर्दा बोस्नियाका लागि एर्मिन माहमिकले सान्त्वना गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ७४औं मिनेटमा मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८४ औं मिनेटमा रुबेन वर्गासले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । त्यसअघि तारिक मुहारेमोभिकले विपक्षी खेलाडीलाई लडाएपछि रातो कार्ड पाउँदै बाहिरिएपछि बोस्निया १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा जोहानले खेलको ९०औं मिनेटमा गोल गर्दै टोलीको अग्रता ३-० मा पुर्याए । दोस्रो हाफको इन्जुरी समयमा एर्मिन माहमिकले गोल गर्दै बोस्नियालाई खेलमा फर्काउने कोशिस गरेपनि त्यो ढिलो भैसकेको थियो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा नै बोस्नियाका खेलाडीले डिबक्सभित्र स्विट्जरल्यान्डका खेलाडीलाई लडाएपछि पेनाल्टी पायो । जसमा ग्रानिट जाकाले गोल गर्दै स्विट्जरल्यान्डलाई ४–को सहज जित दिलाए ।

जितसँगै स्विट्जरल्यान्ड दुई खेलमा ४ अंक जोडेर समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा स्विट्जरल्यान्ड कतारसँग १–१ को बराबरीमा रोकिएको थियो भने बोस्निया एन्ड हर्जगोभिनाले क्यानडासँग १–१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.