जोनाथन डेभिडको ह्याट्रिकको मद्दतमा फिफा विश्वकप–२०२६ मा सहआयोजक क्यानडाले कतारको पोस्टमा आधा दर्जन गोल हानेको छ । शुक्रबार बिहान भएको खेलमा क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो ।
विश्वकप इतिहासमा क्यानडाको लागि यो पहिलो ऐतिहासिक जित हो । यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको एकतर्फी खेलमा क्यानडाको लागि जोनाथन डेभिडले ह्याट्रिक गर्दा साइले लारिन र नाथन सालिबाले समान एक-एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।
खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २९ औं मिनेट जोनाथन डेभिडले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।
त्यसपछि ३३औं मिनेटमा कतारका हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा पहिलो हाफको इन्जुरी समयमा जोनाथनले गोल गर्दै क्यानडालाई ३-० ओ अग्रता दिलाए । त्यसपछि खेलको ५१औं मिनेटमा कतारका असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै टोली ९ खेलाडीमा सीमित भयो । यस्तै खेलको ६४औं मिनेटमा नाथनले गोल गर्दे क्यानडालाई ४-० अग्रता दिलाए ।
यसैगरी कतारका मोहम्मद मनाईले खेलको ७५औं मिनेटमा आत्मघाती गोल गर्दा क्यानडा ५–० ले अघि रह्यो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले आफ्नो ह्याट्रिक पूरा गर्दै क्यानडालाई ६–० को फराकिलो जित दिलाए ।
जितसँगै क्यानडा दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ भने समान चार अंक जोडेको स्विट्जरल्यान्ड गोलअन्तरमा क्यानडा भन्दै पछि रहँदै दोस्रो स्थानमा रहेको छ । यस्तै बोस्निया एन्ड हर्जगोभिना र कतार समान एक-एक अंक जोड्दै क्रमश: तेस्रो र चौथो स्थानमा रहेका छन् ।




प्रतिक्रिया राख्नुहोस्