जन सरोकार

निजी सवारीसाधन जोर विजोर- पसल बारअनुसार खोल्न पाइने

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिने

कोरोना भाइरस संक्रमण दर उच्च रहेपछि यसलाई तोड्न गत वैशाख १६ गतदेखि जारी गरिएको निषधाज्ञामा क्रमिक सुधारसंगै असार ७ गतेदेखि जनजीवन सहज बनाउँदै थप निषेधाज्ञा घोषणा भएको छ ।

असार ७ गते मध्यरातमा पछिल्लो निषेधाज्ञाको अवधि सकिनु अघि आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउने र पसलहरु बार अनुसार पसल खोल्ने गरी एक साता थपिएको छ ।

बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गर्दै निजी सवारी साधन जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेट विजोर बार चल्न दिने निर्णय गरेको हो ।

बैठकले आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिने निर्णय गरेको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ ।

त्यसै गरी खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइने छ भने रेष्टुरेन्ट, होटलहरूले टेक अवे र होम डेलिभरी गर्न पाउनेछन् ।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने र शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ । सरकारी कार्यालय आलो पालो गरी खुला गर्नुपर्ने निर्णय भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.