प्रदेशप्रदेश २

सामाजिक अगुवाहरुसंगको भेटघाटमा प्रदेश प्रमुख झा

प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ प्रदेशका सामाजिक अगुवासँगको भेटघाटमा व्यस्त रहनुभएको छ । प्रमुख झाले पूर्व जनप्रतिनिधि एवं नागरिक अगुवा राजदेव मिश्र (बाबा)लाई भेट्न आइतबार उहाँको निवास पुग्नुभएको थियो ।

जनकपुरमा वडाध्यक्षदेखि प्रमुखसम्म बन्नुभएका राजदेवलाई डा. झाले बिहान विद्यापति चौकस्थित आनंद नगरमा रहेको उहाँको घर पुग्दा स्थानीयबासीको भीड़ लागेको थियो ।

प्रदेश प्रमुख डा. झाले बाबा राजदेवसँग जनकपुरको वस्तुस्थिति, उहाँको राजनीतिक जीवन, जनकपुरधामलाई आधुनिक बनाउने विषयका बारेमा छलफल गर्नुभएको भयो ।

मिश्रले जनकपुरधामलाई रामायणकालीन मिथिलाको रूपमा आफूले हेर्न चाहेको बताउँदै जनकपुरको परिक्रमा क्षेत्रभित्र मासु र मद्यपान बिक्री बितरण बन्द गर्न राजदेवले प्रदेश प्रमुख डा. झासँग आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button