स्वास्थ्य

दोस्रो मात्राको खोप माग गर्दै सर्वोच्चमा रीट

कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले भारतसंग कोभिशिल्डको १० लाख खोप खरीदका लागि रकम पठाएको भए पनि उपलब्ध नगराउँदा झण्डै १३ लाख ज्येष्ठ नागरिक समयभित्रै दोस्रो मात्रा लगाउन नपाउने अवस्था सिर्जना भएको छ ।

फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

कोरोना संक्रमणबाट सबभन्दा बढी जोखिममा रहेका ज्येष्ठ नागरिकलाई समयमै दोस्रो मात्रा खोप लगाउन सरकारले चासो नदिएपछि चिरञ्जीवि बास गिरीले सोमबार सर्वोच्च अदालत रीट दिनुभएको हो । ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको हक लगायतका मौलिक हक उल्लंघनको विषय लिएर सर्वोच्चमा रिट दिएको रिट निवेदनका लागि सहयोग गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताउनुभएको छ ।

भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ । तर कहिले आउने टुंगो छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.