फिफा विश्वकप -२०२६ मा नवप्रवेशी राष्ट्र कुरासाओले पहिलो अंक जोडेको छ । आइतबार बिहान भएको खेलमा कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै एक अंक जोडेको हो ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार भएको खेलमा कुरासाओ गोलकिपर एलोय रुम नायक बने । उनले इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बचाएका थिए । ९० मिनेटको नियमित समयमा भने रुम धेरै सेभ गर्ने किपर बनेका छन् ।
समूह ई मा कुरासाओ र इक्वेडरले समान १-१ अंक जोडेका छन् । इक्वेडर पहिलो खेलमा आइभरी कोस्टसँग १-० ले पराजित भएको थियो भने कुरासाओ विश्वकपको जर्मनीसँग ७-१ ले पराजित भएको थियो । आइतबारै बिहान भएको यसै समूहको खेलमा जर्मनी आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाइसकेको छ ।




प्रतिक्रिया राख्नुहोस्