खेलफूटबल

जर्मनी पुनरागमन जित निकाल्दै विश्वकप फुटबलको नकआउट चरणमा

जर्मनी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा आइभरी कोस्टविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको हो ।

जर्मनीको लागि डेनिस उन्डाभले दुई गोल गरे भने का लागिआइभरी कोस्टफ्रान्क कसीले एक गोल गरे । क्यानडाको टोरन्टोको भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ३०औं मिनेटमा कप्तान फ्रान्क कसीले गोल गर्दे आइभरी कोस्टलाई पहिलो हाफमाअग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा जर्मनीले पुनरागमन गर्दै दुई गोल गर्यो ।

खेलको ६०औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका उन्डाभले खेलको ६८औं मिनेटमा नादिएम अमिरीको असिस्टमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए गरेका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी टाइमको फेलिक्स एनमेचाको पासमा उन्डाभले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २-१ को जित दिलाए ।

समूह ‘इ’ मा जर्मनीले दुई खेलबाट छ अंक जोड्दै एक खेल अगावै नकआउट चरणमा पनि प्रवेश गरेको छ भने आइभरी कोस्ट तीन अंकसहित दोस्रो स्थानमा रहेको छ । सन् २०१४ मा ब्राजिलमा विश्वकप उपाधि जितेपछि जर्मनी पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.