खेलफूटबल

फिफा विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित, स्वीडेन ५-१ ले पराजित

नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ ना नेदरल्यान्ड्सले सानदार जित निकालेको छ । शनिबार भएको खेलमा स्वीडेनलाई ५-१ ले पराजि गर्दै नेदरल्यान्ड्सले सानदार जित निकालेको हो ।

नेदरल्यान्ड्सको लागि ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल गर्दा क्रिसेन्सियो समरभिलले एक गोल गरे । स्वीडेनको लागि एन्थोनी एलांगाले सान्त्वना गोल गरे । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा ब्रोबीले खेलको छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा नेदरल्यान्ड्सले तीन गोल थप्दा स्वीडेनले एक गोल फर्कायो । नेदरल्यान्ड्सको लागि गाक्पोले दोस्रो हाफको दोस्रो मिनेटमै गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाए । त्यस्तै खेलको ५४औं मिनेटमा समरभिलको पासमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।

चार गोलले पछि परेको स्वीडेनका लागि एन्थोनी एलांगाले खेलको ५९औं मिनेटमा गोल फर्काएका पनि त्यो ढिलो भैसकेको थियो । त्यसपछि समरभिलले खेलको ८९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई ५-१ को जित दिलाए ।

समूह एफमा नेदरल्यान्ड्स दुई खेलमा चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा तीन अंक जोडेको स्वीडेन दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेदरल्यान्ड्सले जापानसँग २-२ को बराबरी खेल्दा स्वीडेनले ट्युनिसियालाई ५-१ ले नै पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.