राजनीति

देशै के हुने हो भन्ने जस्तो स्थिति आयो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशै देशै के हुने हो भन्ने जस्तो स्थिति आएको भए पनि गणतन्त्र लोकतन्त्र र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्ने बताउनुभएको छ ।

मंगलबार चितवन पुग्नुभएका प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले संविधान धरासायी हुने होकी भन्ने आशंका पैदा गरेको बताउँदै नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने प्रतिबद्धता जनाउनुभयो ।

चितवनमा नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्न र पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका स्वर्गीय बुवाको सातौं दिनको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका प्रचण्डले नेपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्रप्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै नदिने बताउनुभयो ।

सो अवसरमा प्रचण्डले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.