जन सरोकार

ह्युम पाइपभित्र अड्किएर दुईजनाको मृत्यु

महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुँवर रहेका छन् ।

महाकाली लोकमार्ग, दार्चुला तिङ्कर सडक अन्तर्गत निर्माणाधिन लास्कुखोलाको मोटरेवल पुलभित्र राखिएको उक्त पाइपमा अड्कीएर दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पुलभित्र सो पाइप राखेर नदी खुलाइएको थियो । पुललाई क्षति नगरोस् भनेर सो पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् ।

यसै गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुम्रेखोलाका बाँधमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसूदन सिंहले डुमे्रखोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोजतलासका क्रममा आज शव भेटिएको जानकारी दिनुभयो । मृतक ट्रकका सहचालक रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button