बिशेषराजनीति

प्रधानमन्त्री बालेन्द्र शाहबाट बाढी प्रभावित क्षेत्रको निरीक्षण, घाइतेहरुसंग कुराकानी

रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा अनुगमनका गतिविधि तीव्र पारिएको छ । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै घाइतेहरूसँग भेटघाट गर्नुभएको छ ।

प्रधानमन्त्री शाह बिहिबार बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित स्थलमार्ग हुँदै विदुर पुग्नुभएको हो । निरीक्षणका क्रममा उहाँले बाढीबाट प्रभावित क्षेत्रको अवस्था र उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन पर्यटकको संख्या ६ सय ४४ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै १७८ भारतीय पर्यटक रहेका छन्।

त्यसै गरी १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन छन्। अन्य विभिन्न देशका पर्यटकसँग पनि सम्पर्क हुन बाँकी रहेको बोर्डले जनाएको छ।

बाढी आएलगत्तैदेखि उद्धार कार्यलाई तीव्रता दिँदै नेपाली सेनाले भदौ ११ गते बिहानदेखि टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट विभिन्न ६ देशका ४५ विदेशी नागरिकसहित कुल ३३६ जनाको हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार करिब चार हजार सुरक्षाकर्मी खोज तथा उद्धार, घाइतेको उपचारमा सहयोग, राहत सामग्री वितरण तथा प्रभावित क्षेत्रमा समन्वयात्मक रूपमा परिचालित छन्।

प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यलाई अझ प्रभावकारी बनाउँदै सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.