जापान

टोकियोका रात्रिकालीन मनोरञ्जनस्थलका ५५ जनामा कोरोना संक्रमण पुष्टि

जापानको राजधानी टोकियाृमा बुधबार ५५ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । टोकियो महानगर सूत्रको हवाला दिंदै एनएचकेले सार्वजनिक गरेको समाचारमा ५५ जना नयाँ संक्रमित पुष्टि भएको हो ।

सूत्रका अनुसार ५५ जना नयाँ संक्रमित रात्रिकालीन मनोरञ्जनस्थल तथा त्यस्तै कार्यालयका कामदारहरुको सामूहिक परीक्षणबाट पुष्टि भएको हो । यी स्थलहरुमा दैनिक जसो नयाँ नयाँ संक्रमितहरु भेटिंदै आएका छन् ।

समाचार अनुसार टोकियोमा ५ मईयता संक्रमितको संख्या दैनिक ५० भन्दा बढी रहेको छ । २५ मईमा संकटकाल हटाइएपछि बुधबार भेटिएको संक्रमितको संख्या अहिलेसम्मकै बढी हो ।

राजधानी टोकियोमा अहिलेसम्म ५ हजार ८ सय ९५ जना कोरोना संक्रमितको पुष्टि भैसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.