जल/वातावरण

मिर्गौला प्रत्यारोपण गरिएका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु

ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मिर्गौला प्रत्यारोपण गरिएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

समाचार अनुसार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो ।

चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

यसअघि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको थिया । यी दुबै मृत्युको आधिकारिक पुष्टि भने भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.