‘तिमीलाई माया’मा रोमाण्टिक मुडमा देखिए सोनाम र मौसमी (भिडियो)
दक्षिण कोरियामा रहेका कलाकारहरुको सक्रियतामा निर्मित ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक उत्तम मगरको स्वरमा सजिएको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ भने यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् ।

उक्त भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ (डार्क एन्जल) र रजनी राईको अभिनय रहेको छ। युवा प्रेम र आकषर्णलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा माया,प्रेम,शँका र सम्बन्ध लाई रचनात्मक तवरले देखाउन खोजिएको छ।
दक्षिण कोरियाका बिभिन्न पर्यटकिय आकर्षण बोकेका ठाउँहरुमा छायाङ्कन गरिएको उक्त भिडियोको निर्देशन मौषमी गुरुङले गरेकी हुन भने सम्पादन विजेश पौडेलले गरेका हुन् ।
भिडियो डेमो क्रियशनको यूट्युब च्यानल बाट सार्वजनिक भएको छ। निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्