बिचार

दोषी कसलाई भनौ ?

"अब हामी कालापानीमात्र होइन, नालापानीसम्मकै भूूभागमाथि दावा गर्ने छौं धावा बोल्ने छौं"

– तारा सुवेदी

यसै महिनाको १२ गते एउटा सर्वाधिक चलेको र पाठकले भरपत्यार गरेको राष्ट्रिय दैनिक पत्रिकाको मुखपृष्ठमा “सीमा क्षेत्रमा भारतको मनपरी” भंगेरे टाउके अक्षरमा समाचार छापियो । भारतले पशुपतिनगरदेखि महेन्द्रनगरसम्मका नेपालका भूभागमाथि अतिक्रमण गर्दा “नेपाल एउटा स्वतन्त्र सार्वभौम मुलुक हो” भन्ने कुराको पनि हेक्का राख्ने गरेको छैन । यो क्रम सम्भवतः ऊ अंग्रेजी दासताबाट स्वतन्त्रता पाएदेखि आजपर्यन्त यथावत् छ । सीमा र सुस्ता क्षेत्रमाथिको यस्तो दादागिरी र वलमिच्याइको विरोध गर्दा आफूले नयाँ सडकमा पुलिसको लाठी र दमन सहनुपरेको आज झण्डै ६ दशक पूरा भएको छ । त्यति हुँदा पनि त्यो समस्या सुुल्झिनु सुुल्झाउनुको साटो बल्झिँदै गएको छ । त्यसको सानो दृष्टान्त उक्त समाचार शीर्षकभित्र देखियो । त्यस वखत विद्यार्थीकाल थियो, एउटा स्वाभिमानी स्वतन्त्र नेपाली नागरिकको हैसियतमा पुलिसको लाठी पटक पटक खानुपरेको थियो । त्यसपछि आज स्वतन्त्र पत्रकारको हैसियतमा भारतीय ठालुुवादी प्रवृत्तिको अनवरत पीर–पीडा भोग्दाको अनुुभूति भिन्न छैन ।

उक्त सन्दर्भ यद्यपि यसभन्दा पहिलेका यसै स्तम्भका झण्डै एक दर्जन लेखनमा उल्लेख गरिसकिएकै छ । तथापि समय र सन्दर्भले फेरि त्यसै विषयमा तिनै कुरा दोहो¥याउँ । आजसम्म दक्षिणी छिमेकीले नेपालमाथि जे जस्तो हेपाहा र मिचाहा व्यवहार गर्दै आएको छ त्यस्तो व्यवहार उसले पश्चिमी र उत्तरी छिमेकीसँग गर्ने घृष्टता वा चेष्टा मात्र पनि गरेको भए के हुन्थ्यो ?

अनुमान गर्नुपर्ने र थप माथापच्चीसी गरिराख्नै पर्दैन । केही पहिले सीक्किमको नाथुला नाका नजिकको दोक्लहाममा घुस्न खोज्दा जे भयो, त्यसभन्दा पछि कश्मीर लद्दाखको उसपारको “गलवान रिभर भ्याली (उपत्यका)मा उसपारको सहमति नलिइ, छिमेकीलाई सूचना नै नदिई एकतर्फी बाटो बनाउन जाँदा आफ्ना २०–२१ जना सीमारक्षक (सैन्य जवान) गुमाउनुप¥यो । त्यतिमात्र नभई अरु ढीला गर्दा आफ्नो किल्ला (सीमा) भत्काएर लद्दाख र सिङ्गै कश्मिरी भूूभागमाथि बम वर्सिने डरले स्वयं रक्षामन्त्री राजनाथसिंह गलवान् पुुगेर आफ्ना सैन्यवललाई एकतर्फी रुपमा “वहादुरी साथ पछाडी हटाउनु परेको” थियो । कारगीलमा अतिक्रमण गर्दा कति ठूलो क्षति व्यहोर्नु परेको थियो ?

नेपालको राज्यसत्ताका नियन्ता त्यस्तै साँच्चिकै राष्ट्र, राष्ट्रियता, सार्वभौमिका, स्वतन्त्रता, राष्ट्रिय अखण्डता, अक्षुुण्णताप्रति इमान्दार हुन्थे भने पूर्व च्याङ्थापु र पशुपतिनगरदेखि महेन्द्रनगर, महाकाली, लिपुलेक र लिम्पियाधुरासम्म कैयन पटक घम्साघम्सी भइसकेको हुन्थ्यो । तर आजको यस पृष्ठभूमि, परिवेश र चौतर्फी परिस्थितिलाई नियाल्दै गर्दा हामीले उहिले “आफूले अंग्रेजी दासताबाट उन्मुक्ति (स्वतन्त्रता)पाएदेखि नै आफ्ना ससाना छिमेकीहरुमाथि आफ्नो ‘नव–उपनिवेशवादी, विस्तारवादी, नव साम्राज्यवादी र अतिक्रमणवादी नीति’ अँगाल्दै आएको छिमेकीलाई नेपालले या त “हामी बुद्धको भूमिमा हुर्के–बढेका हौ, हामी मित्रता, सद्भाव, संयम, मैत्रीभावलाई कायम राखेरै छिमेकी ‘अहिलेसम्म जतिसुकै दुुष्ट, निकृष्ट, भए पनि कुनै न कुनै दिन उस्को पनि मन परिवर्तन होला’ भनेर जे जति ‘अति’ गर्दा पनि सहेरैबस्नु पर्यो ।”

अथवा आत्मघाती बाटो समाएर “शठे” शाठ्यं समाचरेत्” वा “शेरमाथि पसेरी” गर्दै ऊभन्दा शक्तिशाली उस्को वैरी खोजेर भित्र्याउने र चूरे र महाभारतका खोंच र समथर मैदानलाई रणभूमि बनाएर बदला लिने सोच वनाउनुु पर्यो ।

“मित्र फेरवदल गर्न सकिन्छ, छिमेकी फेर्न बदल्न सकिन्न” । त्यसमा पनि परापूर्वदेखि धर्म, संस्कृति, भूूगोल मात्र नभई प्रकृतिले, सामाजिक रीतिथितीले अविभाज्य, अभेद्य अच्छेद्य सम्बन्ध गाँसिदिएका दुुई मूलुकबीच अनादि कालदेखिको अन्योन्याश्रित सम्बन्धमा “धर्ती फाटो” बढाउन श्रेयस्कर हुँदैन । त्यसैले अहिले आत्मसंयम र आत्मसमीक्षा गर्दै गर्दा यसरी हरेकपटक जुनसुकै विषय र क्षेत्रमा पूर्णतः निषेधित र उपेक्षित (यतिसम्म कि दर्जनौ पटकका वार्ताको प्रस्ताव गरिएका पत्र अनुसार वार्तामा बस्ने, प्रस्तावको सम्मान र सम्बोधनको त के एउटा पत्रको उत्तरसम्म नदिई वेवास्त गरिराखेको छिमेकी सामु “आफू सार्वभौम संप्रभुता सम्पन्न मुलुक हौं, हामीले आफ्नो (नेपालको) नक्शामा लिम्पियाधुरा, लिपुलेक समेटेका छौं, हामीसँग ओबीआरआई र वैकल्पिक पारवहनको ३–४ वटा उत्तरी नाकाखुला छ, भनेर फुुई (फुर्ति) देखाउनुु भनेको हामीले सधैं गाउँदै आइएको (आज–भोलिको सरकारले बन्द गरेको) “पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौं” भन्नुुभन्दा के फरक छ ? बरु अहिलेको नामर्द र नपुंसक सरकारलाई २०२०–२१ सालतिर तत्कालीन मन्त्री विश्वबन्धुु थापाले “यदि छिमेकीले यस्तै अतिक्रमणकारी नीति र व्यवहार देखाउँछ– दोहोर्याउँछ भने अब हामी कालापानीमात्र होइन, नालापानीसम्मकै भूूभागमाथि दावा गर्ने छौं धावा बोल्ने छौं भनेर जे भनेका थिए र त्यसैले बढी ओज प्रदर्शन गरेको थियो” भन्ने लाग्छ ।

हुुन पनि कोठामा चुच्चे नक्शा टाँसेर राष्ट्रवादी ठहरिने भए त विश्वको मानचित्रलाई “नेपाल राज्य” भनेर टाँगे कति ठूलो, विश्वको दोस्रो सिकन्दर महान् मानिन्थ्यो ? त्यो चुच्चे नक्शाले समेटेको लिम्पियाधुरा र कालापानीमा देखाउन खोजिएको नेपालको दावीलाई चिर्दै आज मनपरी दार्चुुलाबाट सोझै टिंकर मानसरोवर दर्शन यात्रामार्ग वनाइएकोलाई नेपालतर्फको महाकालीवारी करिडोर निर्माण गर्दा उसपारलाई वाधा नपरोस्” भनेर भन्ने नेपालको गृह मन्त्रालय कति राष्ट्रवादी अडान लिएर बसेको रहेछ ?) स्पष्ट गर्छ । (हेरौं ८ असार २०७८ का.पु.को मुखपृष्ठको खबर)

माथि भनिए झैं “गलवान रिभर भ्याली” वारी आफ्नो सुरक्षाबलले मार्ग निर्माण गर्दा तुरुन्त रोक्न, आफ्नो रक्षामन्त्रीलाई उक्त क्षेत्रमा पठाउने दिल्ली दरबारको कानमा दशकौंदेखि आफ्नो सरहदभित्रको नेपाली भूू–क्षेत्रमा भारततर्फको सडक निर्माण र सुरक्षा बलको ज्यादती रोक्न नेपालीले लाखौं विन्तीभाउ गरिरहेको आवाज पुुर्याउन नसक्ने “नालायक र नपुंसक” नेताहरुको लाजलाई “ओबीआरआई” र उत्तरतिरका दशौं हजार किलोमिटर परका समुद्रसम्मको पारवहन सन्धि सम्झौताले वचाइदिन सक्छ कि सक्दैन ?

त्यतिमात्र होइन । सत्ता नपाएसम्म छिमेकी राजदूतको जुत्ता पुछ्न पुग्ने र मधेश–तराईका जनताको हिमायतीको ढोग देखाउने, तर सिंहदरवारभित्रबाट जोकसैले सत्ताको ‘लित्को–पित्को’ खान वोलायो कि आफ्नै दलभित्रका मित्रहरुलाई छिक्र्याउँदै, तँछाड मछाड गर्दै र धोती फाल्दै दौडिनेहरुले सीमा क्षेत्रमा सडक निर्माणको एकतर्फी निर्णय गरेर नेपालको त्यही मधेशको लाखौं विगाहा डुवानमा पारी सीमा क्षेत्रका हजारौं गाउँ वस्तीकालाई उठीबास गरिएको जानकारी पाएका छन् कि छैनन् ? हिजो, आज र भोलिका ती सत्ताशिखर चढ्ने भर्याङ बनाइएका नेपालका मधेश–तराई क्षेत्रका रैथाने मतदातालाई वेवास्ता गरे पनि, डुवानले विस्थापित भए गरिए पनि सधै “३२ लाखको संख्याका नागरिकता विहिन” आफ्ना उस पारबाट आए–ल्याइएका ज्वाई, भानिज साला–साली लगायतका सिंगो सम्धी र ससुराली खलकलाई पनि सीमामा वनाइँदै गरेका सडक बाँधले डुवाउने चिन्ताले पनि ती “मधेस–तराईका मसीहा” ठाकुर, महतो, शुक्ला, त्रिपाठी, सिंह यादवहरुलाई पटक्कै नघोच्ने र नघचघच्याउने किन ?

मालिक भक्तिको पनि एउटा सीमा हुन्छ । उनीहरु “प्रो–इण्डियन पार्टी नेता” हुन् जगजाहेर होला । त्यसमा पनि कागले “काग काग”भनेर आफैलाई चिनाइरहन्छ भने जस्तै बेला कुबेला तिनै (माथि नाम लिइएका) नेताहरु मध्ये कतिपयले हो “हामी प्रो इण्डियन नै हौं” भनेर स्पष्ट परिचय दिइसकेका थिए । सिंहदरवारभित्र बसेका दिल्ली दास समेत मिलेर वनाइएको संविधान होइन, दिल्ली दरबारबाटै मस्यौदा गरी पठाइएको संविधानमा “नेपालको संविधान”लेखेर सबैले ल्याप्चे लगाऊ भन्ने हुक्मनामा सहित सायद यिनै यस्तै दलका अगुवाहरु मार्फत आए ल्याएको संविधान हुबहुँ नै पारित नगरिदिँदा २०७२ मा जुन नाकावन्दी लगाइयो, त्यसैलाई सशक्त बनाउन महावाणिज्य दूतावासको कमाण्डमा काम गर्नेहरुले नेपाली भनाउन लाजशर्म मानेनन् । उनको साहस र निर्लज्जतालाई अहिले थप तारिफ गर्ने कि नेपालका तराई–मधेशवादी पहिचान दिने तिनै मधेशवादी पार्टी र नेताका रैती प्रजा बनेर आफ्नो घरबास र गाँस डुबेर आज विस्थापित हुनुपर्दा पनि चूँ नगर्ने (नबोल्ने) उनैको जयगान गर्दै उनकै पक्षमा मतदान गर्ने मधेशी जनता” को धैर्य सहनशीलताको तारिफ गरौं या उनीहरुको दुःख कष्टमा सहानुुभूति प्रकट गरौं ?

यो सबै बारेमा घोत्लिलँदै गर्दा एउटा हिन्दी सिनेमाको पुरानो गीत “तारिफ करुँ किसकी जिसने इन्हें बनाया” संझना भएको छ ।

युगसम्वाद साप्ताहिकबाट

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.