जन सरोकार

दक्षिणी सीमामा अब प्रत्येक अढाई किलोमिटरमा एक बिओपी

नेपाल भारत सीमा क्षेत्रको प्रत्येक अढाई किलोमिटरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (सीमा सुरक्षा चौकी–बीओपी) स्थापना हुने भएको छ । गृह मन्त्रालयका अनुसार, दक्षिणतर्फको नाकामा कम्तिमा २ दशमलव ५ किलो मिटरको दूरीमा २ सय १६ र उत्तरी सीमामा पाँच गरी २ सय २१ पुर्याउने तयारी गरिएको हो ।

सशस्त्र प्रहरी बलले प्रस्ताव गरेको २ ुय २२ वटा बीओपीमध्ये बन्दाबन्दीको अवधिमा २२ वटा नयाँ थपिएका छन् । हाल १ ुय ३३ सञ्चालित र ८९ वटा नयाँ स्थापनाको अन्तिम चरणमा छन् । यसका लागि करिब १० हजार जनशक्तिको माग गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बीओपी स्थापनाले सीमा सुरक्षाका अतिरिक्त अवैध चोरी, तस्करीलगायत अपराध नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

नेपाल–भारत–चीन त्रिदेशीय सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दैआएको सशस्त्र प्रहरी बलले दार्चुलाको छाङरुमा नयाँ बीओपी स्थापना गरेसँगै उत्तरी नाकामा चार वटा पुगेको छ । हुम्लाको हिल्सा, मुस्ताङ कोरोला र सङ्खुवासभाको किमाथाङ्कामा सीमा सुरक्षा पोष्ट स्थापना भएका छन् ।

ती पोष्टहरूमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५, ३० जनाभन्दा माथिको जनशक्ति परिचालन हुने गरेको छ । आफ्नै भौतिक संरचनाको अभावमा अधिकांश बीओपी भाडाको घर तथा भवन तथा त्रिपालभित्रबाट सञ्चालन हुँदैआएका छन् ।

ताप्लेजुङको ओलाङचुङगोला, बझाङको धुली, दोलखाको लामाबगर र सिन्धुपाल्चोकको तातोपानी नाकामा तत्कालै नयाँ बीओपी निर्माण गर्नुपर्ने आवश्यकता रहेको सशस्त्र प्रहरी प्रवक्ता प्रविनकुमार श्रेष्ठ बताउनुहुन्छ ।

भारतसँगको सीमासँग जोडिएका सीमा नाकामा १२९ बीओपी छन् । वर्षायामको सुरुवातसँगै दक्षिणतर्फ रहेका कतिपय बीओपीहरू बाढी र डुबानका कारण विस्थापित हुने गरेका छन् । हिउँदमा उत्तरी नाकाको विस्थापित हुने गर्छन् ।

सशस्त्र प्रहरी बलका अनुसार, सङ्खुवासभाको एक, ईलाममा एक, झापामा आठ, मोरङमा सात, सुनसरीमा नौ, सप्तरीमा सात, सप्तरीमा सात, सिरहामा छ, धनुषामा सात, मोहत्तरी छ, सर्लाही छ, रौतहटमा पाँच, बारामा सात, पर्सामा नौ, चितवनमा तीन, पूर्वीनवलपरासी एक, पश्चिम नवलपरासी चार, रुपन्देही चार र कपिलवस्तु छ स्थानमा बीओपी छन् ।

त्यस्तै, दाङको तीन स्थान, बाँकेको छ, बर्दियाको पाँच, कैलालीको १०, कन्चनपुरको छ, डडेलधुरामा दुई, बैतडीमा एक, दार्चुलामा एक, हुम्लामा एक, मुस्ताङमा एक स्थानमा बीओपी सञ्चालित छन् ।

पूर्वी नेपालको ताप्लेजुङको ओलाङचुङगोला, पाँचथरको चार, ईलामको छ, झापाको नौ, मोरङको तीन, सप्तरीमा दुई, सिराहमा एक, महोत्तरीमा तीन, सर्लाहीमा दुई, बारामा दुई, पर्सामा छ, चितवनमा तीन, रसुवामा एक, सिन्धुपाल्चोकमा एक, रुपन्देहीमा पाँच, कपिलवस्तुमा छ, दाङमा नौ, बाँकेमा चार, बर्दियामा चार, कैलालीमा एक, कन्चनपुरमा सात, डडेलधुरामा तीन, बैतडीमा एउटा बीओपी स्थापनाको तयारी भइरहेको छ ।

सम्बन्धित खबर

Back to top button