अमेरिकाबाट नेपाली सेनालाई उद्धार डुंगाहरु हस्तान्तरण
नेपाली सेनालाई अमेरिकी सरकारले प्राकृतिक विपत्तिमा उद्धार तथा खोजी कार्यमा प्रयोग गर्न १० लाख अमेरिकी डलर बराबरको डुंगा प्रदान गरेको छ । अमेरिकी रक्षा विभागका तर्फबाट नेपाली सेनालाई ती सामग्री हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरणपछि नेपालका लागि अमेरिकी दूताबासले दिएको जानकारी अनुसार दीर्घकालीन अमेरिकी प्रतिवद्धता अनुसार यी सामग्री हस्तान्तरण गरिएको हो ।
दूताबासले बाढी पहिरो या अन्य कुनै पनि प्राकृतिक विपत्तीमा सघाउन नेपालका सुरक्षा निकायहरूले खेल्ने महत्वपूर्ण भूमिकाको कदर गर्दै नेपालको मानवीय सहयोग तथा विपद् प्रतिकार्य गर्ने क्षमता विकासमा सघाउन सदैव प्रतिवद्ध रहने जनाएको छ ।
सहयोगको निरन्तरताको अमेरिकी रक्षा टोलीका सदस्यहरूले दश लाख न डलर बराबरको बाढी पहिरो तथा अन्य विपत्तीको सामना गर्ने क्षमता बृद्धि अनुदान अन्तरगत खोजी तथा उद्दार कार्यमा प्रयोग हुने डुङ्गाहरू नेपाली सेनालाई यो हस्तान्तरण गरिएको दूताबासले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्