जन सरोकार

कागजपत्रबिना कबाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपालले सानेपाबाट ठूलो परिमाणमा कबाडी सामान बोकेर उपत्यकाबाहिर जान लागेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ ।

आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ ललितपुरको सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका ट्रकमा प्र २–०३–००१ ख ४७३८, लु २ ख ५१०५, प्र २–०३–००१ ख ५६१९, ना ५ ख ६६७१, ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७, ग २ ख ५३९ र ना ६ ख ५६१ नम्बरका रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.