राजनीति

नेपाल समूह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल –माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । आज सो समूहको बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिनुभयो ।

एमालेले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.