राजनीति

“टुक्रे योजनालाई प्रदेश र संघ सरकारले प्राथमिकता दिन हुँदैन”

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकासका लक्ष्य पहिल्याउन तिनै तहका सरकार सक्रियताका साथ लाग्नु पर्ने बताउनु भएको छ।

अध्यक्ष तिमिल्सिनाले साना टुक्रे योजनालाइ प्रदेश र संघ सरकारले प्राथमिकता दिन नहुने र आवश्यक पर्ने त्यस्ता योजना स्थानीय तहलाइ दिनुपर्ने भन्दै सुसासन र समृद्धिका लागि दिगो बिकासका लक्ष्य कार्यान्वयनको विकल्प नभएको बताउनु भयो।

अध्यक्ष तिमिल्सिनाले आइतबार पोखरामा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मुल्यांकन सम्बन्धि ू अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भअएको हो ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले तीब्र विकास र सुसासनका लागि साम्सदहरू योजनाको फाइल बोकेर मन्त्रालय र कार्यालयहरू धाउनु पर्ने अबस्थाको अन्त्य गर्नुपर्ने भन्दै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी र सरोकारवाला सबै एक भएर लक्ष्य कार्यान्वयनमा लागिपर्न आग्रह गर्नुभयो ।

दिगो विकास तथा सुशासन समिति, संघीय संसद, राष्ट्रिय सभाको सहकार्यमा गण्डकी प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले अब बिकासका योजना बनाउन अब गण्डकी प्रदेशमा योजना बैंक स्थापना गर्न लागेको भन्दै सबै पालिकाका लागि आबश्यक योजना त्यही बैंक मार्फत अगाडि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूले आफ्नो मन्त्रालय अन्तर्गत दिगो बिकास लक्ष्य कार्यान्वयन सम्बन्धमा भएका कामहरूको विवरण प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.